असार लाग्यो। सुरु गर्नुहोस्

कापीबाट सुरु भएको कथा

सजिलो खेती एउटा साँच्चिकैको नर्सरीबाट जन्मियो। काभ्रेमा फलफूलका बिरुवा बेच्ने एक व्यवसायीको सबै हिसाब कापीमा थियो। कसले कति तिर्न बाँकी छ भन्ने बिर्सिने, कोटेशन हातले लेख्ने, स्टक अन्दाजमा भन्ने।

हामीले सोच्यौं: ठूला कम्पनीका लागि जस्तो जटिल सफ्टवेयर होइन, किसान र साना व्यवसायीले आफैं चलाउन सक्ने, नेपालीमै बोल्ने, कापीजस्तै सजिलो एप चाहिन्छ।

त्यही एप यो हो। पहिलो प्रयोगकर्ता? उही नर्सरी।

नेपालको पहाडी खेती
नेपालको पहाडी खेती। फोटो: julesair, CC BY-SA 2.0

नेपाली पहिले

एप नेपालीमै बोल्छ। अंग्रेजी जान्नै पर्दैन।

सरल पहिले

३० सेकेन्डमा बिक्री लेख्न नमिले हामी फेल।

किसान पहिले

सुविधा किसानको काम हेरेर बन्छ, बोर्डरुम हेरेर होइन।

सजिलो सहायक

AI द्वारा संचालित · सोध्नुहोस्