गोपनीयता नीति
अन्तिम अद्यावधिक: २०८३ असार
तपाईंको डेटा तपाईंकै हो। बिक्री, ग्राहक, स्टक र हिसाबको जानकारी तपाईंको व्यवसायको मात्र हो। हामी यो कसैलाई बेच्दैनौं, बाँड्दैनौं।
हामी के जम्मा गर्छौं: खाता खोल्दा दिनुभएको नाम र फोन नम्बर, र एपमा तपाईंले आफैं लेख्ने व्यापारिक जानकारी।
पसल पेजमा के देखिन्छ: तपाईंले सार्वजनिक बनाउन रोजेको जानकारी मात्र। बिक्री, बाँकी र ग्राहकको हिसाब कहिल्यै सार्वजनिक हुँदैन।
स्थान र नक्सा: तपाईंले अनुमति दिएमा GPS स्थान तपाईंको उपकरणमै पसलसम्मको दूरी निकाल्न प्रयोग हुन्छ। नक्सा आफैं खोलेपछि मात्र OpenStreetMap सँग IP ठेगाना साझा हुन सक्छ। हामी गोप्य रूपमा निरन्तर स्थान वा उपकरण फिङ्गरप्रिन्ट सङ्कलन गर्दैनौं।
सुरक्षा: डेटा इन्क्रिप्टेड जडानमा मात्र आदानप्रदान हुन्छ र नियमित ब्याकअप गरिन्छ। तपाईंको पिन हामीसँग सादा रूपमा भण्डार हुँदैन।
खाता मेटाउने अधिकार: जहिले पनि खाता र सम्पूर्ण डेटा मेटाउन अनुरोध गर्न सक्नुहुन्छ।
प्रश्न भए सम्पर्क गर्नुहोस्।